
काठमाडाैं । काठमाडाैं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले १९ हजार ६ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणामअनुसार उहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १९ हजार ६ सय १५ मतले अगाडि छन् ।
साहले अहिलेसम्म ४६ हजार चार सय ७६ मत ल्याउँदा सिंहले २७ हजार सात सय ९९ मत ल्याएका छन् ।
महानगरमा एक लाख ३५ हजार ६ सय ९३ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले २६ हजार आठ सय ६१ मत पाएका छन् ।
महानगरकाे उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले फराकिलाे अग्रता कायम राखेकी छन् ।