यस्ता छन् बाबुराम भट्टराईले प्रस्तुत गरेकाे पेट्रोलियम पदार्थकाे मूल्य नियन्त्रण गर्ने उपाय

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले विभिन्न विधिहरू प्रयोग गर्नुपर्ने बताएका छन् ।

त्यसका लागि उनले विभिन्न प्रस्ताव समेत प्रस्तुत गरेका छन् ।

डा. भट्टराईले सोमवार दिउँसो एक ट्वीट गरी कतिपय कर घटाउने, खारेज गर्ने, फजुल खर्च तथा चुहावट र भ्रष्टाचार रोक्ने जस्ता विधिमार्फत मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले पेट्रोलियम पदार्थको उपभोग घटाउने तथा वैकल्पिक उर्जाको प्रयोग गर्नेजस्ता विधिहरू प्रयोग गरी सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्ने औंल्याएका छन् ।

उनले लेखेका छन्,‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मार आम जनता र अतिविपन्नमा झन् बढी पर्ने भएकाले यसलाई सरकारले विभिन्न विधि प्रयोग गरेर तुरुन्त नियन्त्रण गर्नैपर्छ । कतिपय कर घटाउने, खारेज गर्ने, फजुल खर्च/चुहावट, भ्रष्टाचार रोक्ने, उपभोग घटाउने, वैकल्पिक उर्जा प्रयोग हुनसक्छन् । नत्र विष्फोट होला ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१