
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा सोमबार साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ ।
मेयरका उम्मेदवार बालेन शाहले अहिलेसम्म अग्रता कायम गरेका छन् । ४६ हजार ९६६ मतका साथ उनी अग्रस्थानमा छन् ।
दोस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २८ हजार १४१ मत ल्याएकी छन् । तेस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार २८६ मत ल्याएका छन् ।