भारतमा पुन: बढ्न थाल्याे काेभिड संक्रमण, एकै दिनमा ४६ जनाकाे मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएकाे छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ । भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ ।

भारतमा पछिल्लो समय कोभिड संक्रमितको संख्या फेरि बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१