विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडाैं । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाण्डौबाट एक जना शिक्षक पक्राउ परेका छन् ।

कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार बिहान विद्यार्थीहरू आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालाको प्रहरी वृत्तमा बोलाएको थियो ।

अभिभावक र विद्यार्थीलाई सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

अधिकारीले ‘आफूले भने अनुसार गरेमा सहयोग गरिदिने’ भनेर छात्रामाथि गलत मनसाय राखेको विद्यार्थीहरूको आरोप छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१