ओलीको फोटो टाँसेर अनसन बसेका पुण्य गौतमलाई प्रहरीले लखेट्यो !

काठमाडाैं । सामाजिक सञ्जालमा भाइरल व्यक्ति पुण्य गौतमले अनसन सुरु गरेका छन् । गौतमले बुधबार दिउँसोदेखि अनसन सुरु गरेका हुन् ।

गौतमले अनसनको ब्यानरमा एमाले अध्यक्ष केपी ओलीको फोटो पनि टाँसेका छन् ।

अनसनस्थलबाट आफूलाई प्रहरीले लखेटेको पनि उनले बताएका छन् । उनले माइतीघर वा भद्रकालीमा निरन्तर अनसन जारी राख्ने अडान पनि लिएका छन् ।

सरकारले जेठ १ गतेदेखि दिन सुरु गरेको आइतबारको बिदा कटौती गर्नुपर्ने मुख्य माग गरी गौतमले अनसन सुरु गरेका हुन् ।

साथै, उनले पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि, निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने र नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग पनि राखेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१