दैलेखमा बस दुर्घटना, ४ जनाकाे मृत्यु

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा बस दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाकाे मृत्यु भएकाे छ भने ३९ जना घाइते भएका छन् ।

मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका– ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।

रातिको समयमा बस दुर्घटना भएकाले अझै पूरा विवरण नआएकाे पनि प्रहरीले जानकारी गराएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१