दरबारमार्गमा पाँच रुपैयाँमै हेयर कट र नेल सर्भिस !

काठमाडौं । काठमाडाैंको दरबारमार्गमा रहेको दिभान युनिसेक्स सलुनले आगामी जेठ १३ गते शुक्रवार जम्मा ५ रुपैयामा हेयर कट र नेल सर्भिस दिने भएको छ ।

आफ्नो पाँचौ वार्षिक उत्सवका अवसरमा शुक्रवार हेयर कट र नेल सर्भिस जम्मा रु ५ मा दिन लागिएको दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुले जानकारी दिए ।

वार्षिक उत्सको अवसर पारेर विगतमा दिभानले पहिलो वार्षिक उत्समा १ रुपैयाँमा, दोस्रोमा २ रुपैयाँमा सेवा दिएको र कोरोना महामारीका कारण तेस्रो र चौथो वार्षिक उत्सव मनाउन पाएको थिएन ।

यसैबीच, शुक्रबार पाँचौ वार्षिक उत्सव मनाउँदै दिभानले ५ रुपैयामा सेवा दिन लागको सञ्चालक पराजुलीले जानकारी दिए ।

वार्षिक उत्सवको दिन विहान ९ बजेदेखी बेलुकी ८ बजेसम्म नै सेवा दिइने छ । सो दिन सेवा लिन आउने सवैलाइ ५ रुपैयाँमा नै सेवा दिने पनि दी भानले जानकारी दिएको छ । यस्तै, वार्षिक उत्सवका अवरमा अरु दिन पनि सम्पूर्ण सेवामा एक सातासम्म २७ प्रतिशत छुट सुविधा रहेको सञ्चालक पराजुलीले जानकारी दिए ।

दी भान युनि सेक्स सलुनले विगत पाँच वर्षदेखी काठमाडौंको दरवारमार्गमा उच्च गुणस्तरको हेयर, नेल र ब्यटी सर्भिस दिइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१