
काठमाडौं । रुसमा पाइलटले विमान सञ्चालनका क्रममा एक महिला प्रशिक्षार्थीसँग राेमान्स गरेकाे भिडियाे भाइरल भएकाे छ ।
उडानको क्रममा एक विवाहित पाइलटले महिला प्रशिक्षार्थीलाई रोमान्सको लागि अतिरिक्त उडान कक्षाको प्रस्ताव राखे । पाइलटकाे प्रस्तावमा ती महिला सहमत भइन् । त्यसपछि दुवैले विमानको ककपिटमा सम्बन्ध बनाउन थाले । दुवैले यसको भिडियो रेकर्ड पनि गरेका थिए । जुन पछि भाइरल बन्न पुग्याे ।
विमानलाई अटोपाइलट मोडमा राखेर पाइलट र उनका प्रशिक्षार्थी रोमान्स गर्दै थिए र रेकर्डिङ गरिरहेका थिए । अरु कसैले भिडियो अनलाइन सेयर गरेका छन् ।
२८ वर्षीय विवाहित पाइलटले २१ वर्षीया महिला प्रशिक्षार्थीलाई अतिरिक्त फ्लाइङ क्लासको बदलामा रोमान्स गर्न राजी गरेका थिए । स्थानीय समाचार साइट गजेटाका अनुसार उनीहरु दुबै सेसना १७२ विमानको ककपिटमा थिए ।
प्रशिक्षार्थीलाई यसबारे सोध्दा उनले अटोपाइलट मोड अन भएको र उनीहरुले चुम्बन र अंगालो मात्र हालेको बताएकी छन् । भिडियो भाइरल भएपछि फ्लाइट स्कुलले पनि यसको जानकारी पाएको थियो । उनीहरुलाई फ्लाइट स्कुलले निष्काशन गरेकाे छ ।