
काठमाडौं । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई सात वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।
तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको प्रहरी स्राेतले बताएकाे छ । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको बताइएकाे छ ।
थापाले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।
काठमाडौंमा सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।