खार्किभमा रुसले पुनः थाल्यो गोलीबारी, ८ जनाकाे मृत्यु

काठमाडाैं । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा दुई हप्ताको शान्तिपछि बिहीवार रुसले भीषण गोलीबारी गरेको छ । त्यसमा परी आठजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

युक्रेनका प्रहरी प्रमुखले दिएको जानकारी अनुसार, मृतकमा पाँच महिनाको बच्चा र उसका पिता पनि छन् । आक्रमण भएको बेलामा उनीहरू सडकमा हिँडिरहेका थिए । बच्चाकी आमा गम्भीर घाइते भएकी छन् ।

उक्त क्षेत्रका गभर्नर ओलेह सिनेहुबोवले रुसको ग्रिनेड लोन्चर तथा तोप आक्रमणका कारण वरपरका क्षेत्रहरूमा पनि असर परेको छ । खार्किभ नजिकको दरगाछी शहरमा एक अन्य व्यक्तिको मृत्यु भएको छ ।

रुस र युक्रेनबीच ९३ दिनदेखि युद्ध भइरहेकाे छ । लडाइँको अन्तिम परिणाम आउने टुंगो छैन ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१