भारतमा फेरि बढ्याे काेराेना, एकै दिनमा ३३ जनाकाे मृत्यु

काठमाडाैं । भारतमा पछिल्लाे २४ घन्टामा काेराेनाे भाइरसका २ हजार ६ सय ८५ नयाँ संक्रमित फेला परेका छन् ।

यही अवधिमा २ हजार १ सय ५८ जना संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएकाे छ । ३३ जनाकाे मृत्यु भएकाे पनि मन्त्रालयले जनाएकाे छ ।

अहिले भारतमा १६ हजार ३ सय भन्दा धेरै सक्रिय संक्रमित छन् । पछिल्लाे समय फेरि काेराेना संक्रमण बढ्दै गएकाे पाइएकाे छ ।

केही समययता चीनमा पनि काेराेना संक्रमितकाे संख्या बढेका समाचारहरु आइरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१