अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने

अमेरिका । अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे जानकारी दिएका हुन् ।

बाइडेन प्रशासनले अत्याधुनिक लामो दुरीको रकेट किभ पठाउने समाचार प्रकाशित भएपछि अमेरिकी राष्ट्रपतिले सो कुराको खण्डन गरेका हुन् ।

युक्रेनका अधिकारीहरुले ‘मल्टिपल लञ्च रकेट सिस्टम’ (एमएलआरएस) नाम गरेको लामो दुरीको रेकट माग गरेका छन् । यसबाट सयौँ किलोमिटर लामो दुरीसम्म एकैपटक थुप्रै रकेट प्रहार गर्न सकिन्छ ।

सीएनएन र वासिङटन पोष्टले शुक्रबार बाइडेन प्रशासनले एमएलआरएस र हाइ मोबिलिटी रकेट सिस्टम (एचआईएमएआरएस) युक्रेन पठाउने तयारी गरिरहेको समाचार प्रकाशन गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१