
चीन । ताइवानले चीनले आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा ३० वटा लडाकु विमान पठाएपछि चेतावनी दिन आफ्ना लडाकु विमानहरू तैनाथ गरेको बताएको छ ।
सोमबार भएको यस घटनालाई जनवरीयताकै अर्को सबैभन्दा ठूलो विवादको रूपमा लिइएको बीबीसीले समाचार लेखेकाे छ ।
केही दिनअघि मात्र जापान भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।
ताइवानी नेताहरूसँग सुरक्षा मामिला सम्बन्धमा छलफल गर्नका लागि अमेरिकी अधिकारीहरू ताइवान पुगेकै दिन यो घटना घटेको हो ।
चीनले केही महिनायता आफ्नो हवाइ मिसनलाई लगातार बढावा दिइरुहेकाे छ । चीनको यस्तो कदमले ताइवानलाई आक्रोशित पार्ने र क्षेत्रीय तनाव बढाउने गरेको छ ।
चीनले ताइवानलाई आफ्नै टुक्रिएको भूभाग भएकाले आवश्यक परेमा कुनै पनि बेला त्यसलाई फिर्ता लिन सक्ने सोच राख्ने गरेको छ ।
ताइवानको रक्षा मन्त्रालयले पछिल्लो घटनालाई मध्यनजर राखेर २२ वटा लडाकु विमान र पनडुब्बी भेदक विमानहरू तत्काल तैनाथ गएिको जानकारी दिएको छ ।