
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
नेपाल आयल निगमले नयाँ मूल्यसूचीमा पेट्रोल र मट्टितेलको मूल्य बढेको बताएको छ। तर, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य भने घटेको छ ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ। मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ ।
डिजेलमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, ग्यासमा प्रतिसिलिन्डर १२२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ।