सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन् ।

आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले कतिपय पार्टीमा विभाजनको खतरा रहेको पनि दाबी गरे । उनले ठिक ढंगले भूमिका निर्वाह गर्नसके माओवादीलाई अवसर र चुनौति दुबै आउन सक्ने पनि बताए ।

अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने उनले जानकारी गराए ।

पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गराउने निर्णय पनि गरिएको छ ।

केन्द्रीय समितिको बैठक आगामी असार १५ मा गर्नेबारे पनि छलफल भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१