राेकिएन नेप्सेकाे ओरालाे यात्रा

काठमाडाैं । शेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा मंगलबार पनि रोकिएन । नेप्से मङ्गलवार ४५ दशमलव ५९ अङ्कले घटेर दुई हजार २० दशमलव २३ विन्दुुमा झरेको छ ।

कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

दुई सय ३४ वटा कम्पनीकाे ३८ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ३१ करोड २८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।

मंगलबार सबैभन्दा धेरै हिमालयन बैंकको शेयर १० प्रतिशत तथा सपोर्ट लघुवित्त, समता लघुवित्त र जनउत्थान लघुवित्त कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१