थप १६ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार १ सय २१ पिसिआर परिक्षणका क्रममा १० जना र ९ सय २८ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप ८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ६२ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१