भारतमा फेरि तीव्र रुपमा फैलन थाल्याे काेराेना संक्रमण

भारत । भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ । पछिल्लो २४ घन्टाभित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो ।

भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन् । महाराष्ट्रमा २८१३ संक्रमित फेला परेका छन् भने केरलामा २४१५ जना नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै, राजधानी नयाँ दिल्लीमा ६२२ जना नयाँ संक्रमित फेला परेका छन् । यसअघि शनिबार राजधानी नयाँ दिल्लीमा ४ सय ५ नयाँ संक्रमित भेटिएका थिए ।

लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् ।

जनवरीमा सुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ९९ दिनमा पहिलो पटक बुधबार ७ हजारमाथि संक्रमित फेला परेका हुन् ।

भारतमा बुधबार ७१४४ जना संक्रमित फेला परेका थिए। मंगलबार ६ हजार २८ संक्रमित फेला पर्दा सोमबार ३ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ । यस्तै, ३६९३ जना निको भएका छन्।

सरकारी तथ्यांकअनुसार हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ७३ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१