
काठमाडाैं । हङकङमा दुई मजदुरको करिब २० तला माथिबाट खसेर मृत्यु भएको छ ।
हङकङको रियल्टी गार्डेनस्थित कन्डुइट रोडनजिकैको भवनमा काम गरिरहेका उनीहरुको खसेर मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेकाे छ ।
प्रहरीका अनुसार सन् १९७१ मा बनेको भवनको मर्मतको लागि उनीहरुले छानोभन्दा केही तल अड्याएको खट भाँचिएर उनीहरु खसेका हुन् ।
प्रहरीले अहिले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।