२ हजार विन्दुभन्दा तल झर्‍याे शेयर बजार

काठमाडाैं । शेयर बजार मङ्गलबार पनि घटेकाे छ ।

साेमाबर १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से मंगलबार ३६ दशमलव ०७ अङ्कले घटेर एक हजार ९ सय ९६ दशमलव २६ विन्दुमा झरेकाे हाे ।

सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र हाेटल तथा पर्यटन समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।

मंगलबार दुई सय २३ वटा कम्पनीकाे ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ कराेड रुपैयाँमा काराेबार भएकाे छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टकाे चार कराेड ६७ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

मंगलबार हिमालयन पावर पार्टनरकाे शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेकाे छ । समग्र बजार घटे पनि आँधीखाेला लघुवित्तकाे शेयर आठ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१