लुम्बिनीकी राज्यमन्त्री वली अस्पताल भर्ना, यस्ताे रहेछ समस्या

काठमाडौं । प्रेमीको घरमा महिला र बालिका कुटपिटको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वली अस्पताल भर्ना भएकी छन् ।

उनलाई दाङबाट बुटवल ल्याएर बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

उपचारको क्रममा वलीमा प्रेसर र सुगर पनि देखिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए ।

राज्यमन्त्री वलीले मङ्गलबार बिहान तुलसीपुर–५ आलुमण्डीस्थित एकराज बस्नेतीका श्रीमती र छोरीलाई हातपात गरेको आरोपमा बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।

एकराजकी पत्नीले पनि आफू र छोरीलाई वलीले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१