
काठमाडौं । नेपालमा २० वर्ष पुगेपछिमात्र बिहे गर्न पाउने कानुनी व्यवस्था पुनरावलाेकन हुने भएकाे छ । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् ।
यही कारण मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधबार संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको दाबी पनि गरे ।
उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइराछ । बाल विवाहमा सजाय भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’