
काठमाडौं । बिहीबार फेरि अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी डलरको भाउ बढेपछि नेपाली मुद्रा झनै कमजोर भएकाे छ ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२५ रुपैयाँ २१ पैसा कायम भएको छ ।
बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५ रुपैयाँ ०८ पैसा कायम गरेको थियो ।