भारतमा पुन: बढ्याे काेराेना संक्रमण, कति छन् सक्रिय संक्रमित ?

भारत । भारतमा काेराेना संक्रमण फेरि तीव्र रुपमा फैलिएकाे छ । पछिल्लाे २४ घन्टामा मात्रै १२ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

२४ घन्टामा १२ हजार २ सय १३ नयाँ संक्रमित थपिँदा ११ जनाले ज्यान गुमाएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएकाे छ ।

यही अवधिमा ७ हजार ६ सय २४ जना संक्रमणमुक्त भएका छन् । अहिले भारतमा ५८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका सरकारकाे तथ्यांक छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१