
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा राष्ट्रघात नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नबारे जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेटमा राष्ट्रघात र गद्दारी नभएको बताए ।
‘अहिलेको बजेटमा न राष्ट्रघात गरेको छ न गद्दारी गरेको छ,’ उनले भने, ‘एउटा प्रक्रियामा गएर बजेट निर्माण गरेको हो। करको दरलाई लिएर जुन मुद्दा बनाइएको छ यो राजनीतिक कुरा होइन अराजनीतिक कुरा हो ।’
उनले बजेटका गोपनियतालाई भंग नगरिएको पनि बताए । ‘कुनै गोपनीयता भंग गरिएको छैन । अब त्यहाँ अर्थमन्त्रीले बसेर हेर्ने कुरा पनि होइन । सम्बन्धित तहका कर्मचारीले बजेट बनाउने हो,’ उनले भने, ‘म जवाफदेही छु । जिम्मेवार छु । बजेटमा राष्ट्रघात होइन, स्थिरतातिर लैजाने कुरा भएको छ ।’