
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विदेशीले मिठाे तरिकाले फसाउन सक्ने बताएका छन् । उनले एसपीपीबारे वास्तविकता बाहिर ल्याउनुपर्ने पनि बताएका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे बैठकमा नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताए ।
कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीको पालामा यो संझौता अगाडि बढाइएको हो ? यो सबै प्रष्ट पार्नुपर्छ । जनतालाई गुमराहमा राख्नु हुँदैन नेपालले भने ।
कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने भन्दै नेपालले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने दाबी पनि गरे । उनले भने ‘मिठो कुरा गरेर ह्वीस्की खुवाएर फसाउन सक्छन् । जिम्मेबार व्यक्ति सचेत हुनुपर्छ ।’