ससुरालीमा श्रीमती लिन गएका पुरुषकाे हत्या, चार जना पक्राउ

नुवाकाेट । नुवाकोटमा एक जना पुरूषको हत्या भएको छ ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ ।

ककनी गाउँपालिका वडा नम्बर ८ बस्ने तामाङ आफ्नो ससुरालीमा मृत फेला परेका हुन् । गत विहीबार उनकाे शव फेला परेकाे हाे । प्रहरीले उनको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा प्रहरीले मृतककी ३५ वर्षीया श्रीमती ज्ञानमाया, ६७ वर्षीय ससुरा चन्द्रबहादुर भन्ने ज्ञानबहादुर, ३४ वर्षीय दुखिराम र १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ससुरालीमा श्रीमती लिन आएका एकबहादुरमाथि कुटपिट गरी हत्या गरिएको हो । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । मृतक एकबहादुरकी श्रीमती लामाे समयदेखि माइतीमा बस्दै आएकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१