
भारत । १५८ यात्रुसहित दिल्ली जान लागेको विमानमा आगो लागेको छ । भारतस्थित बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ। पटनाबाट दिल्लीतर्फ गइरहेकाे गरेको विमानमा आगो लागेको थियो ।
उडान भर्ने समयमा विमानमा आगो लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतीय अधिकारीहरुका अनुसार विमान स्पाइस जेटको थियो । उडान भर्ने समयमा विमानको इन्जिनमा आगो लागेको सूचना पाएपछि आपताकालीन अवतरण गरिएको जनाइएको छ ।
पटनाका डीएमका अनुसार विमानका सबै यात्री सुरक्षित छन् । विमानको बाँया पंखामा आगो लागेको थियो । उडान भर्नासाथ तल रहेका मानिसहरुले विमानमा आगो लागेको देखेका थिए ।
त्यसलग्तै विमानलाई आपतकालीन अवतरण गराइएको जनाइएको छ । प्राविधिक समस्याका कारण विमानमा आगो लागेको जनाइएको छ ।