
काठमाडाैं । काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिक आइतबार राति टिप्परको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ ।
महाराजगन्ज चोकबाट धुम्बाराहीतर्फ गइरहेकाे बा २ क ८८७१ नम्बरको टिप्परले गएराति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
टिप्परसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।