
काठमाडाैं । नेकपा एमालेले प्रमुख प्रतिपक्षीलाई नचिन्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइप्रति संसदमा आपत्ति जनाएको छ ।
सोमबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गणेश पहाडीले अर्थमन्त्री शर्माको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् ।
‘पञ्चायतले मात्रै दल चिन्दैनथ्यो । एउटा टेलिभिजन अन्तर्वार्तामा सीसीटीभी फुटेज माग्ने एमाले को हो भन्नुभएछ अर्थमन्त्रीले । अर्थमन्त्रीकै देब्रेतिर बस्ने प्रमुख प्रतिपक्षीलाई चिन्दिनँ भन्ने कुरा आपत्तिजनक छ,’ पहाडीले भने ।