थपिए ३१ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परिक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ३० जना निको भएका छन् ।

हाल नेपालमा १ सय ४२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१