
काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ : २२ बजे गोरखाको थुमी र आरुचनौटेको मध्यभागमा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प भएको हो ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।
यसअघि बिहीबार बिहानै कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ म्यानिच्युडको भूकम्प गएको थियो। यो भूकम्प बिहान ३ बजेर ५६ मिनेटमा गएको केन्द्रले जनाएको छ ।