याे हाे पिता बन्ने सही उमेर, यसपछि हुन थाल्छन् शुक्रकिट खराब !

बच्चा जन्माउनका लागि महिलाको उमेर जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण पुरुषको उमेर पनि हुन्छ । उमेर बढेपछि पुरुषमा स्पर्म काउन्ट र यसको गुणस्तरमा भारी गिरावट देखिने गर्छ ।

विशेषज्ञका अनुसार २० देखि ३० वर्षको उमेरमा पिता बन्नु सही हो । यद्यपि, ५० वा सोभन्दा बढी उमेरमा पनि पुरुषले बच्चा जन्माउन सक्छन् ।

गिनिज वर्ल्ड रेकर्डका अनुसार एक व्यक्तिले ९२ वर्षको उमेरमा बच्चा जन्माएका थिए । अनुसन्धानकर्ताका अनुसार आमा–बुवा बन्नका लागि पुरुषको उमेर पनि निकै महत्वपूर्ण हुन्छ । ४० वर्ष कटेपछि पुरुषमा पिता बन्ने सम्भावना कम हुन थाल्छन् ।

विशेषज्ञका अनुसार पुरुषमा वीर्य उत्पादनको प्रक्रिया कहिल्यै रोकिँदैन तर उमेर बढेसँगै शुक्रकिटको डिएनए खराब हुने सम्भावना धेरै नै बढ्छ । यसले प्रजनन क्षमता प्रभावित हुन्छ । बच्चाको स्वास्थ्यमा पनि यसको असर नकारात्मक पर्छ ।

थुप्रै अनुसन्धानमा पत्ता लागेअनुसार उमेर पाको भएपछि पिता बन्दा बच्चामा ‘न्युरोडेभलेपमेन्टल डिसअर्डर’ हुने गर्दछ । सन् २०१० मा गरिएको एक अध्ययनमा ४० वर्ष कटेपछि पिता बन्दा बच्चामा ‘अटिजम स्पेक्ट्रम’ विकास हुने खतरा ५ गुणा बढी थियो ।

विश्व स्वास्थ्य संगठनले शुक्रकिटका केही मापदण्ड निश्चित गरेको छ जसलाई हेल्दी स्पर्मको रुपमा निर्धारित गर्न सकिनेछ । यसमा स्पर्म काउन्ट, शेप र मुभमेन्ट समावेश छ । यस अनुसार ३५ वर्षको उमेर आसपास पुरुषमा यो स्पर्म प्यारामिटर खराब हुन थाल्छ ।

जर्नल अफ एपिडेमियोलोजी एन्ड कम्युनिटी हेल्थमा प्रकाशित एक अनुसन्धानमा पत्ता लागे अनुसार २५ वर्ष हुनु अघि पिता बन्दा पुरुषले थुप्रै गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

यस्तो हुनुको कारण के हो भने यो उमेरमा धेरैजसो पुरुष पिता बन्नका लागि मानसिक र शारीरिक रुपमा तयार हुँदैनन् । यदि यो उमेरमा पिता बनिहाले पनि यसको नकारात्मक असरको सामनासमेत गर्नुपर्ने हुनसक्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१