
काठमाडाैं । काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ ।
उनकाे ढुंगाले हिर्काएर हत्या भएको प्रहरीले जनाएकाे छ । कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको हो ।
टाउकोमा ढुंगा प्रहार हुँदा उनलाई नेपाल नेशनल अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।