थपिए २७ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ सय ३७ पिसिआर परिक्षणका क्रममा २३ जना र ८ सय ६५ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ७२ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१