मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ

चितवन । आफ्नै आमाकाे हत्या गरेकाे आराेपमा छाेरा पक्राउ परेका छन् ।

माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१