नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । र, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१