
धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाही हत्याकाण्डमा संलग्न भएको आरोपमा सोही नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् ।
विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए ।
उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो । किटानी जाहेरीमा भएका पाँच जना यसअघि नै पक्राउ परिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण डाँगीले, मेयर चलाउनेको नाममा पनि किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई बोलाएको बताए ।
जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।