
काठमाडौं । असनको मखन गल्लीस्थित एक घरको पानी ट्यांकीमा खसेर एक जनाको मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा ५९ वर्षीय केशरत्न स्थापित छन् । उनी आफ्नै घरको भुइँतलाको पानी ट्यांकीभित्र डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
राति पानी आएपछि पानी भर्न गएका स्थापित ट्यांकीमा खसेको अनुमान प्रहरीको छ ।