जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ ।

शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।

प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् ।

जापानी प्रधानमन्त्री किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१