काभ्रेपलाञ्चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपपुर नगरपालिका–७ स्थित कुन्ता बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ सिन्धुकोट बस्ने ३५ वर्षीया कान्छी मिजार रहेकी छन् ।

काठमाडौंबाट मेलम्चीतर्फ जाँदै गरेको बा.२ ख ६६७४ नम्बरको बसले उनलाई शुक्रबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसबाट झर्ने क्रममा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१