उत्तरवाहिनी घुम्न हिँडेका मामा-भान्जाकाे शव कमला नदीमा फेला

सिरहा । सिरहाको कमला नदीमा फेला परेको शव मामा-भान्जा भएकाे र उनीहरू उत्तरवाहिनी घुम्न हिँडेकाे खुलेकाे छ ।

गत आइतबार अपरान्ह घरबाट सिरहा र धनुषाको बीच सीमामा पर्ने धार्मिकस्थल उत्तरवाहिनी घुम्न निस्केका कर्जन्हा नगरपालिका-१ बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव साेमबार कमला नदीमा फेला परेको हो ।

बकरइदको पहिलो दिन हिजो घरमा खानपिन गरेर ज९प ६१९४ नम्बरको बुलेट मोटरसाइकल लिएर घुम्न भनी कर्जन्हा नपा-१ कै उत्तरवाहिनी गएका उनीहरू राति अवेरसम्म नफर्केपछि प्रहरीलाई खवर गरेरको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरी र आफन्त मिलेर रातभर खोजे पनि उनीहरूको शव साेमबार बिहानमात्र फेला परेको उनले बताए ।

कमला नदीमा नुहाउन गएका उनीहरू डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१