थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडाैं । नेपालमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ५ पिसिआर परिक्षणका क्रममा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप ४१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय ६५ जना निको भएका छन् ।

हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१