अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओ बिहिबार बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा १४ लाख ४६ हजार ९८५ जना लगानीकर्ताले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ। बाँकी आवेदकमध्ये १ लाख ८२ हजार ४७ जनाले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले असार २० गतेबाट २३ गतेसम्म १९ लाख ५७ हजार ५०० कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो । कम्पनीले जारी गरेको आइपिओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १८ लाख २० हजार ४७५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

आइपीओको नतिजा हेर्नको लागि https://iporesult.cdsc.com.np क्लिक गर्नु पर्ने छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१