
काठमाडाैं । भारतले नेपाललाई विपद् न्यूनीकरण प्रयासका लागि बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेकाे छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् ।
कार्यक्रममा राजदू्त श्रीवास्तवले समयमै उपलब्ध गराइएको यस राहत सामग्रीको सम्बन्धित निकायले समयमै वितरण गरी त्यसको सही उपयोग गरी अधिकतम लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताए ।
यसैगरी, समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवादसमेत व्यक्त गरे ।