आयकरको सीमा घट्यो, कसको कति ?

काठमाडौं । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्‍याएको छ ।

आर्थिक वर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो । साढे चार लाखमाथि १०, २०, ३० र ३६ प्रतिशतसम्म कर तिरिरहेकाको आम्दानी अब स्वतः बढ्ने भएको छ ।

गत २०७८/९७ सम्म साढे चार लाख कमाउनेले वार्षिक ४५ सय रुपैयाँ कर तिरे पुग्थ्यो भने आइतबार लागू हुने नयाँ नियम अनुसार ६ लाख रुपैयाँसम्म कमाउनेले अब १ प्रतिशत मात्र अर्थात ६ हजार रुपैयाँ तिरे पुग्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१