नुवाकोटमा टिप्पर दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गए राति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ बर्षीया बसन्ती बलामी रहेकी छन् । बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागी काठमाडौंतर्फ ल्याइएको छ । घाइते मध्ये टिप्परमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० बर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ ।

महालक्ष्मीस्थाबाट तरकारी लिएर काठमाडौं आउदै गरेको बा ४ ख ३७२८ नम्बरको टिप्पर गए राति पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

टिप्पर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१