सर्पको टोकाइबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

काठमाडौं । कञ्चनपुरमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेल्डाडी गाउँपालिका–२ की ६५ वर्षीया कमलादेवी महर विष्टको सोमबार विहान मृत्यु भएको हो। घरमा सुतिरहेकी उनलाई हिजो राति सर्पले डसेको थियो। त्यसपछि उपचारका क्रममा उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१