• २०८३ असार २३
  • 2026 July 07, Tuesday

सर्पको टोकाइबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

  • २०७९ साउन २, सोमबार ०६:२४

काठमाडौं । कञ्चनपुरमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेल्डाडी गाउँपालिका–२ की ६५ वर्षीया कमलादेवी महर विष्टको सोमबार विहान मृत्यु भएको हो। घरमा सुतिरहेकी उनलाई हिजो राति सर्पले डसेको थियो। त्यसपछि उपचारका क्रममा उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

  • २०७९ साउन २, सोमबार ०६:२४